सुर्खेत–२ मा एमालेका कुलमणि देवकोटाको अग्रता, रास्वपा पछ्याउँदै


सुर्खेत । सुर्खेत जिल्ला निर्वाचत क्षेत्र नम्वर–२, मा नेकपा एमालेका कुलमणि देवकोटा एक हजार ६२ मत प्राप्त गरी अग्रता लिएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीका रमेशकुमार सापकोटाले ९ सय १६ मतसहित देवकोटालाई पछ्याइ रहेका छन् । त्यस्तै नेपाली काँग्रेसका नारायण कोईरालाले ८ सय ८५ मत प्राप्त गरी तेस्रो स्थानमा छन् ।

सुर्खेत क्षेत्र नम्वर २, मा १ लाख २७ हजार ६ सय ६८ मतदाता रहेकोमा ७३ हजार ३ सय ५६ मत खसेको थियो । यता सुर्खेत क्षेत्र नम्वर–१, मा नेपाली काँग्रेसका विष्णुबहादुर खड्काले १ हजार ९ सय १३ मत प्राप्त गरी अग्रता लिएका छन् ।
त्यहाँ नेकपा एमालेका धुव्रकुमार शाहीले १ हजार २ सय १६ मतसहित खड्कालाई पछ्याइ रहेका छन् । यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका टेकबहादुर सिंह ठकुरीले १ हजार १ सय ६६ मतका साथ तेस्रो स्थानमा छन् ।
सुर्खेत निर्वाचन क्षेत्र नं. १, मा १ लाख २२ हजार ९ सय २ मतदाता रहेकोमा ७० हजार १ सय ६७ मत खसेको थियो । अहिले मतगणना जारी रहेको छ ।

