२०८३ कात्तिक १६ , आइतबार
Sky News Nepal
November 1, 2026

देश ठूलो संकटतर्फ उन्मुख हुँदैछ : भट्टराई



काठमाडौ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले देशमा बढ्दो भूराजनीतिक चलखेल, राजनीतिक दलभित्रको अन्तरसंघर्ष र राज्यका प्रमुख अंगमा देखिएको अस्तव्यस्तताले मुलुक ठूलो संकटतर्फ उन्मुख भइरहेको बताएका छन् ।

डा. भट्टराईले सत्ताधारी तथा प्रतिपक्षी दलभित्र चर्कंदो अन्तरसंघर्ष, न्यायालय, प्रशासन र प्रहरीलगायत राज्यका प्रमुख अंगमा देखिएको अस्तव्यस्तता तथा अर्थतन्त्रको निरन्तर ओरालो यात्राले देशको अवस्था गम्भीर बन्दै गएको बताएका हुन् ।

उनले सबैलाई आ–आफ्नो क्षेत्रबाट गम्भीर बन्न आग्रह गर्दै देशको हितमा सकारात्मक योगदान गर्न र नकारात्मक गतिविधिबाट टाढा रहन आह्वान गरेका छन् ।

‘सक्छौं, सकारात्मक योगदान गरौं । सक्दैनौं, नकारात्मक काम नगरौं,’ भट्टराईले भनेका छन् ।

प्रकाशित मिति : २०८३ कात्तिक १६ गते आइतबार
Translate »