२०८३ मंसिर ८ , सोमबार
Sky News Nepal
November 23, 2026

१० औं राष्ट्रिय खेलकुदको माहोल बनाउँन प्रचारात्मक र्‍याली



सुर्खेत ।  दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता मार्फत कर्णालीमा राष्ट्रिय खेलकुदको माहोल बनाउँन प्रचारात्मक र्‍याली निकालिएको छ ।

कर्णाली प्रदेशका विभिन्न जिल्लामा खेलकुद गतिविधि विस्तार गर्ने र खेलप्रेमीमा उत्साह जगाउने उद्देश्यले र्‍याली आयोजना गरिएको हो । कर्णाली प्रदेश खेलकुद विकास परिषद्को आयोजनामा आज वीरेन्द्रनगर स्थित मंगलगढी चोकबाट सुरु भएको र्‍याली प्रदेश रंगशाला पुगेको थियो ।

बाजागाजासहित निकालिएको र्‍यालीमा खेलाडी, प्रशिक्षक, आगन्तुक पाहुना, सरकारी अधिकारी, सुरक्षा निकायका प्रतिनिधि तथा कर्णालीवासीको उल्लेख्य सहभागिता रहेको थियो ।

१० औं राष्ट्रिय खेलकुद प्रतियोगितालाई औपचारिक रुपमा कर्णाली प्रदेशमा भित्र्याउन वीरेन्द्रनगरमा र्‍याली निकालिएको कर्णाली प्रदेश खेलकुद विकास परिषद्का उपाध्यक्ष प्रमोद हमालले जानकारी दिए ।

र्‍यालीमा सहभागीहरुले राष्ट्रिय खेलकुद प्रतियोगितालाई कर्णालीमा स्वागत गर्दै प्रदेशभर खेलकुदमय वातावरण सिर्जना गरेको बताएका छन् ।  ३२ खेल विधा मध्य सुर्खेतमा सबैभन्दा धेरै २३ खेलका प्रतिस्पर्धा हुनेछन् । कर्णालीका सल्यान, दैलेख, कालीकोट, जुम्ला र पश्चिम रुकुमसँगै लुम्बिनी प्रदेशका बाँके र बर्दियामा पनि खेल आयोजना हुने छन् ।

प्रकाशित मिति : २०८३ मंसिर ८ गते सोमबार
Translate »