२०८३ असोज ५ , सोमबार
Sky News Nepal
September 22, 2026

आमा बन्दै नेहा कक्कड



यो बर्षको अक्टुबर २४ तारिखमा आफ्ना प्रेमी रोहन प्रित सिंहको साथमा बैबाहिक जीवनमा बाधिएकी गायिका नेहा कक्कड आमा बन्ने भएकी छिन् । सामाजिक संजालमा तस्वीर शेयर गर्दै उनले आफू आमा बन्ने तयारीमा रहेको जानकारी फ्यानहरुलाई दिएकी छिन् । रोहनसँग एक तस्वीर सार्वजनिक गर्दै नेहाले लेखेकी छिन्–अब मेरो ख्याल राख्ने गर ।’ रोहनले पनि नेहासँगको तस्वीर शेयर गर्दै अब झन् धेरै ख्याल राख्नुपर्ने उल्लेख गरेका छन् । यस्तै, गायक टोनी कक्कडले पनि आफू मामा बन्न लागेको उल्लेख गरेका छन् । नेहाले तस्वीर सार्वजनिक गरेसँगै उनलाई बलिउडका कलाकारहरुले वधाई दिएका छन् ।

प्रकाशित मिति : २०७७ पुस ३ गते शुक्रबार
Translate »