क्यान महासंघ कर्णालीको अध्यक्षमा चन्द

असोज ६, सुर्खेत ।
कम्प्यूटर एशोसिएशन नेपाल महासंघ, कर्णाली प्रदेशको अध्यक्षमा सुर्खेतका प्रेमप्रकाश चन्द निर्वाचित भएका छन् । सुर्खेतको वीरेन्द्रनगरमा सोमबार सम्पन्न एशोसिएशनको तेस्रो साधारणसभा तथा दोस्रो अधिवेशनबाट चन्द आफ्ना निकट्तम प्रतिद्वन्द्वी लोकप्रसाद दाहाललाई ८ मत अन्तरले पराजीत गदै विजयी भएको निर्वाचन समितिका संयोजक अधिवक्ता दुर्गाप्रसाद सापकोटाले जानकारी दिए । उनले अध्यक्षका लागि भएको मतदानमा अध्यक्ष चन्दले १३ मत र उनका प्रतिद्वन्द्वी दाहालले ५ मत प्राप्त गरेको बताए । उनका अनुसार अध्यक्ष पदका अर्का उम्मेदवार सुल्यानका सनतकुमार शर्माले १ मत मात्र पाप्त गरे ।


संस्थाको विधान बमोजिम कार्य समितिका लागि चार जना र्निविरोध निर्वाचित हुनेमा सुर्खेतका खगेन्द्र पुलामी मगर र रविन्द्रराज रेग्मी, रुकुम पश्चिमका रविन्द्र विक्रम केसी र कस्तुत नेपाली रहेका छन् । कार्यसमितिका बाँकी पदाधिकारीहरुको चयन सदस्यबाट निर्वाचित भएका सदस्यहरुबाट पहिलो बैठकले तय गर्ने अधिवक्ता सापकोटाले बताए । नवनिर्वाचित अध्यक्ष चन्दले प्रदेश सरकारको डिजिटल कर्णाली प्रदेश अभियानलाई सहयोग पुग्ने गरि आफ्नो कार्यकाल केन्द्रित रहने बताए । क्यान महासंघमा प्रदेश कार्यसमितिमा प्रदेश अन्तर्गतका जिल्ला अध्यक्षहरु पदेन सदस्य रहने व्यवस्था छ ।

Translate »