गुण्डागर्दी रोक्न उद्योगी, व्यापारीको माग

असोज ८, सुर्खेत ।
सुर्खेतका उद्योग, व्यापारीले गुण्डागर्दी रोक्न माग गरेका छन् । सुर्खेत उद्योग वाणिज्य संघले बुधबार वीरेन्द्रनगरमा आयोजना गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका नयाँ प्रहरी उपरीक्षक डिल्लीराज पन्तको स्वागत तथा परिचयात्मक कार्यक्रमका सहभागीले उद्योगी, व्यापारीले प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा लागूऔषध दुव्र्यसनसँगै गुण्डागर्दी बढ्दै जाँदा त्यसको प्रत्यक्ष असर निजी क्षेत्रलाई परेकाले रोक्न माग राखेका हुन् । राजनीतिक संरक्षण, प्रशासनिक पहुँच र शक्तिकेन्द्रको आडभरोसमा संस्थागत रुपमा गुण्डागर्दी र लागूपदार्थ दुव्र्यसन बढ्दै जाँदा व्यापार व्यवसायनै मारमा परेको उनीहरुको भनाइ छ ।


संघका अध्यक्ष धनबहादुर रावतले लागूपदार्थको बढ्दो प्रयोगसँगै संस्थागत गुण्डागर्दीको प्रभावले गर्दा निजी क्षेत्रमा नकारात्मक प्रभाव परेको बताए । उनले कडाइका साथ लागूऔषध दुव्र्यसनसँगै गुण्डागर्दी नियन्त्रण गर्न सुझाव दिए । होटल व्यवसाय लगायतका रात्री व्यवसाय मात्र नभई अन्य व्यापार व्यवसायमा समेत यस्ता विकृतिको चपेटमा परेको भन्दै उनले प्रहरीको सक्रियता र उपस्थिति दुबै बढाउनुपर्ने आवश्यक्ता रहेको औल्याए । अध्यक्ष रावतले वीरेन्द्रनगरको क्षेत्रफलसंगै बजार क्षेत्रहरु पनि विस्तार हुँदै गएकाले मुख्य बजार केन्द्रहरुमा प्रहरीको विट राख्नुपर्ने माग राखे । यस्तै, कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ कर्णाली प्रदेशका अध्यक्ष पदमबहादुर शाहीले चाडवाडमा ढुक्कसंग व्यापार व्यवसाय गर्ने मात्र नभई निर्धक्क चाडपर्व मनाउने वातावरण बनाइनु पर्नेमा जोड दिए । सबैखाले डरधम्की र चुनौतीको सामना गर्न व्यवसायिक एकता अपरिहार्य रहेको भन्दै त्यसका लागि संस्थागत रुपमा नेतृत्वले पहल गर्नुपर्ने उल्लेख गरे ।

संघका वरिष्ठ उपाध्यक्ष हर्षविक्रम खड्काले समाजमा शान्ति सुरक्षा कायम राख्न निजी क्षेत्रले विगतदेखि नै सहकार्य गर्दै आइरहेकाले आगामी दिनमा पनि सहकार्य र सहयोग जारी रहने प्रतिवद्धता जनाए । महासचिव लक्ष्मण कंडेलले विगतमा संघको अवधारणा र अगुवाइमा जडान गरिएका सीसी क्यामेराले आपराधिक गतिविधि कम भएको उल्लेख गर्दै थप सीसी क्यामेरा जडान गरी सुर्खेतलाई सुरक्षित शहर बनाउनुपर्नेमा जोड दिए । उनले पर्यटकीय क्षेत्रहरुमा मर्यादित एवं अवाञ्छित गतिविधि बढ्दै जाँदा जिल्लाकै बद्नाम हुने अवस्था आएको भन्दै यसबारे गम्भीरतापूर्वक लिन सुझाव दिए । कार्यक्रममा क्यान महासंघ कर्णाली प्रदेश अध्यक्ष प्रेमप्रकाश चन्द,संघका पूर्व उपाध्यक्ष वासुदेव शर्मालगायतले प्रहरीको ध्यानाकर्षण गराए ।

जवाफमा प्रहरी उपरीक्षक पन्तले आप्mनो कार्यअवधिभर सुर्खेती नागरिकले महशुस हुने गरी शान्ति सुव्यवस्था कायम राख्ने प्रतिवद्धता जनाए । उनले प्रहरी, नागरिक साझेदारीको अवधारणालाई आपूmले उच्च प्राथमिकतामा राखेको शान्तिसुरक्षाको सवालमा नागरिक समाजको सहयोग अपरिहार्य रहेको औल्याए । नागरिक समाज सजग र सक्रिय नभएसम्म अपराधीहरुको मनोवल बढिरहने भन्दै उनले कुनैपनि गैरकानूनी क्रियाकलापबारे आधिकारिक सूचना दिए प्रहरी तुरुन्त एक्शनमा जाने दाबी गरे । ‘अहिले सानो रुप र आकारमा रहेका आपराधिक गिरोहहरु तपाइँहरुको बेवास्ताले भोलि झन मौलाउँदै र फैलिदै जानेछन,’ उनले भने, ‘अहिलेदेखि नै प्रहरीसंग हातेमालो गर्नुस, तपाइँले महशुस हुने गरी शान्तिसुरक्षा दिन्छौं ।’

Translate »