२०८३ साउन २४ , आइतबार
Sky News Nepal
August 10, 2026

सिम्ता महासंघको अध्यक्षमा डिलबहादुर खत्री



असोज ८, सुर्खेत ।
नेपाल घरेलु तथा साना उद्योग महासंघ सिम्ता गाउँपालिकाको अध्यक्षमा डिलबहादुर खत्री सर्वसम्मत चयन भएका छन् । महासंघ सिम्ताको प्रथम भेलाले खत्रीको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति चयन गरेको हो । महासंघ सिम्ताको वरिष्ठ उपाध्यक्ष तिलाकुमारी सिंह, उपाध्यक्ष शेरबहादुर सेन्चुरी, महासचिव डिकेन्द्र केसी, कोषाध्यक्ष चन्द्रप्रकाश थापा तथा सदस्यहरुमा रेशम बस्याल, शान्ता परियार, राधिका घर्ती मनोनित भएका छन् भने एक जना मनोनित हुन बाँकी रहेको छ ।

अधिवेशनले प्रदेश प्रतिनिधिमा तुल्सा सिंह र जगत महतारालाई समेत चयन गरेको हो । नवनिर्वाचित कार्यसमितिलाई नेपाल घरेलु तथा साना उद्योग महासंघ केन्द्रीय उपाध्यक्ष चन्द्रबहादुर विसी, जिल्ला अध्यक्ष सुमननाथ योगी र सिम्ता गाउँपालिकाका उपाध्यक्ष चन्द्रकला शाहीलगायते सफल कार्यकालको शुभकामना दिएका थिए ।

प्रकाशित मिति : २०७६ असोज ८ गते बुधबार
Translate »