२०८३ असोज १० , शनिबार
Sky News Nepal
September 26, 2026

नागवंश इतिहास सिंजाको विमोचन




असोज १२, सुर्खेत ।
नागवंशको इतिहास सिंजा पुस्तकको विमोचन गरिएको छ । सुर्खेतको वीरेन्द्रनगरमा आइतबार एक कार्यक्रमका वीच कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विमोचन गरेका छन् । दैलेखकको तिलेपाटामा जन्मिएका इतिहासकार पूर्णबहादुर बडुवालद्वारा लिखित कर्णालीको इतिहासदेखि रिपु मल्लको लेख, पृथ्वी मल्लको ताम्रपत्रसम्म समेटिएको सिंजा पुस्तकमा वर्णन गरिएको छ । विमोचन कर्यक्रममा मुख्यमन्त्री शाहीले कर्णाली नेपाली भाषा, कला तथा संस्कृतिको उत्पत्तिको थलो भएको बताए । उनले ईतिहासमा लुकेका प्रसस्त तथ्यहरु नागवंशको इतिहास सिंजा पुस्तकले उजागर गरेको जनाए । ‘पुस्तकले पाठकवर्गसँगै नागवंशवालीहरुको प्रभावकारीताका बारेमा यथार्थता दिन खोजेको छ,’ उनले भने, ‘कर्णालीको खस संस्कृतिको बारेमा अध्ययन, अनुसन्धान गर्न चाहनेका लागि यो पुस्तक सहयोगी हुन सक्छ ।’ पुस्तकमा नागवंशको पहिचान, उत्पति तथा जन्म, नाग राज र नागपाल एकै वंशका हुन भन्ने उल्लेख गरिएको छ । लेखक बडुवालले लामो खोज, स्थलगत अनुसन्धानबाट पुस्तकको रुप दिएको बताए । उनका अनुसार पुस्तकमा पृथ्वी मल्लका कृतिहरु, ताम्रापत्र, भिगराज वंश, गाउँको नामबाट थरवंश लेखेको, खस राज्यको इतिहास, सिजाको रुपरेखा समावेश गरिएको छ ।

प्रकाशित मिति : २०७६ असोज १२ गते आइतबार
Translate »