नेतालाई मस्ती, जनतालाई सास्ती

बड्डीचौर–गुटु–बेनीघाट सडक

स्काई न्यूज/कार्तिक ७, सुर्खेत ।
सुर्खेतमा नेतालाई मस्ती जनतालाई सास्ती हुने गरेको छ । समयमा विकास निर्माणका कामहरु शुरु नहुँदा नेतालाई मस्ती, जनतालाई सास्ती हुने गरेको हो । जनताको अपेक्षा विपरीत स्थानीय तहका जनप्रतिनिधिसँगै कर्णाली प्रदेश सरकार समेत पश्चिम सुर्खेतको विकासप्रति बेखर हुँदा जनताले भोक्दै आईरहेका छन् । अहिले पनि पश्चिम सुर्खेतका अधिकांसहरु गाउँहरुमा सडक सञ्जाल पुगेको छैन । त्यति मात्र होइन, विकासको मुख्य सूचक रहेको सूचना तथा सञ्चारको सशक्त माध्यम टेलिकमको सेवा पनि पश्चिम सुर्खेतका गाउँहरुमा पर्याप्त पुग्न सकेको छैन । ती गाउँहरुमा रात परेपछि फोन नै लाग्दैन् । त्यस्तै सडक, सञ्चारसँगै अधिकांस गाउँहरुमा शुद्ध पिउने पानीको समेत समस्या रहेको छ । रोग, भोग, गरिवी तथा शिक्षाको अभावले  आजित पश्चिम सुर्खेतका अधिकांस नागरिक अहिले पनि रोजगारीको खोजीमा कालपहाड (भारत) जाने चलन अहिले पनि जारी रहेको छ । गाउँका बाँठाटाँठा जवान युवाहरुको पलायनको फाइदा उठाउँदै त्यस क्षेत्रका नेताहरुले वषौंदेखि फाइदा उठाउँदै विकासका नाममा राजनीति गर्दे आएका छन् । तर, ती नेताहरुले गाउँका सिधासादा जनतालाई विभिन्न पार्टीको आडमा विभाजित पारेर विकासका नाममा आफ्नो विकास गरेपनि गाउँको विकास नगरेको गुटुका अगुवा समाजसेवी काशीराम देवकोटा बताउँछन् । उनले जनतालाई भ्रममा पारेर आफु जनप्रतिनिधिमा निर्वाचित भएपनि अहिलेसम्म सदरमुकामदेखि पश्चिम सुर्खेत आउने बाटो समेत बनाउन नसकेको आरोप लगाए । उनका अनुसार सदरमुकामदेखि गाउँसम्म पक्की पिच बाटो ल्याउँछु भन्दै विगत तीन दशकदेखि नेताले जनतालाई ठ्गदै आईरहेका छन्


३ दशक बित्यो, सडकको स्तरोन्नति
सुर्खेतको बड्डीचौर–गुटु–बेनिघाट सडक साढे ३ दशक बितिसक्दा समेत स्तरोन्नति हुन सकेको छैन । पश्चिम सुर्खेतका कुनाथरी, तरंगा, पोखरीकाँडा, सालकोट, बाबियाचौर, विद्यापुर, तातापानी, घाटगाउँ, गुटु, बिजौरा, लगाम, बेतान लगायत गाउँलाई कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरसँग जोड्ने यो सडकको स्तरोन्नति नहुँदा यस क्षेत्रका स्थानीयले सास्ती खेप्दै आएका छन् । विकासको गुणस्तरीय पूर्वाधार नहुँदा आफूहरुलाई समस्या भएको चौकुने–७, का भोजराज थापाले गुनासो गरे । ‘जनतालाई सुविधा दिन बनाइएको सडकले झन् सास्ती दिएको छ,’ उनले भने । सडकमा सयौं खाल्डाखुल्डी छन् । कतिपय स्थानमा निकै साँघुरो छ । सवारी साधन सञ्चालन हुँदा उड्ने धूलोले सडक आसपासका घरै छोपिन्छ । ‘चिसो शुरु भयो, आँगनमा बसेर घाम तापौं भने पनि धूलोले टिक्नै सकिँदैन,’ बाबियाचौरका भीम थापाले भने । सडकको केही भाग ग्राभेल गरिएको छ । तर, ग्राभेल गरिएको हो भन्ने पत्याउनै मुश्किल छ । किनकि सडकमा गिट्टीभन्दा बढी धूलो छ । वर्षामा हिलाम्मे र हिउँदमा धुलाम्मे हुनु सुर्खेतका ग्रामीण सडकको समस्या नै हो । जिल्लाका अधिकांश ग्रामीण बस्ती सडक सञ्जालमा जोडिएका छन् । तर यस्ता सडकको स्तरोन्नति नगरिँदा सवारी चालक, यात्रु र स्थानीयले सास्ती खेप्नुपरेको छ । सडक डिभिजन कार्यालयको प्राथमिकतामा नरहेको यो सडकलाई पूर्व–पश्चिम जोड्ने प्रस्तावित ‘मदन भण्डारी राजमार्ग’ नाम दिइएको छ । सडक डिभिजन कार्यालयको कार्यक्रममा नरहेको उक्त सडक ६ वर्षदेखि जिल्ला समन्वय समितिले मर्मत गर्दै आएको थियो । तर, संघीय संरचना अनुसार जिल्ला समन्वय समितिको भूमिका सीमित पारिएपछि उक्त सडक स्तरोन्नतिको काम न स्थानीय सरकार गरेको छ, न त प्रदेश सरकारले नै गरेको छ ।


शुरु भएन विकासका काम
चालु आर्थिक वर्ष सुरु भएको ३ महिना पूरा हुँदा समेत जिल्लामा विकास निर्माणका कार्यहरु शुरु हुन सकेको छैन । आर्थिक वर्षको सुरुवातमा काम नगर्ने र आर्थिक वर्षको अन्त्यमा आएर विकास निर्माणको काम गर्ने विगतका वर्षहरुको पुनरावृत्ति यो वर्ष पनि हुने देखिएको छ । आर्थिक वर्षको अन्तिम समयमा गएर योजना सम्झौता गरेर हतारमा काम गर्दा काम समेत गुणस्तहिन काम समेत हुने गरेको छ । जनप्रतिनिधिहरु आएपछि यस प्रकारको समस्या समाधान हुने अपेक्षा गरेर पनि त्यसो हुन सकेको छैन् । स्थानीय तहहरुमा जनप्रतिनिधि निर्वाचित भएर आएको लामो समय भएपनि प्रवृत्ति भने उस्तै दोहोरिएको छ । स्थानीय तहहरुले उपभोक्तालाई योजना सम्झौता गर्न आउन भने पनि उपभोक्ताहरु अझै योजना सम्झौता गर्न आएका छैनन् । अधिकांश उपभोक्ताहरु चाडपर्व सकिएपछि योजना लिन आउने गरेको सुर्खेतका स्थानीय तहहरु बताउँछन् । जिल्लाका केही स्थानीय तहले कात्तिक मसान्तसम्म योजना सम्झौता गर्ने लक्ष्य रहेको जनाएका छन् ।

 

 

Translate »