२०८३ भदौ ७ , आइतबार
Sky News Nepal
August 23, 2026

बरामद नक्कली मह नष्ट गरियो



स्काई न्यूज /मंसिर १७, सुर्खेत ।
सुर्खेतमा सदरमुकाम वीरेन्द्रनगरमा नक्कली महको उत्पादन गरी सक्कली सरहको मूल्य लिएर व्यापार गर्दै आएका दुई जना व्यापारीबाट वरामद मह नष्ट गरिएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सुर्खेतले मंगलबार प्रहरीको सहयोगमा बरामद एक सय ४५ किलो नक्कल मह होटल व्यवसायी संघ, राष्ट्रिय उपभोक्ता मञ्च, सुर्खेत उद्योग वाणिज्य संघ, जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयको रोहवरमा नष्ट गरेको हो ।

गोप्य सूचनाको आधारमा प्रहरीले गत असार २३ गते । वीरेन्द्रनगरको चर्चित खोर्के टोलबाट चिनी र फिटकिरीबाट तयार पारिएको नक्कल मह वरामद गरेको थियो । डिभिजन कार्यालयले खाद्य ऐन २०२३ अनुसार नेपालगञ्ज प्रयोगशालामा चेकजाँच गराएपछि नेपाल सरकारले तोकेको महका लागि अनिवार्य गुणस्तर अनुरुप नपाइएको विश्लेषण प्रतिवेदन आएपछि जिल्ला अदालत सुर्खेतले गैरकानूनी नक्कली मह उत्पादन तथा विक्री वितरणमा संलग्नलाई जरिवाना गरेर छोडेको थियो । प्रयोगशालामा चिनीको चास्नी मिसाईएको प्रमाणित भएपछि डिभिजन कार्यालयले नै उनीहरुमा माथि मुद्धा दायर गरेको निमित्त कार्यालय प्रमुख भेषबहादुर थापाले जानकारी दिए ।

प्रकाशित मिति : २०७६ मंसिर १७ गते मंगलबार
Translate »