चौकुनेमा क्वारेन्टाइन, सालकोटमा आईसोलेसन

स्काई न्यूज /चैत १९, सुर्खेत ।
कर्णाली प्रदेश सरकारले कोरोना रोकथामका लागि पश्चिम सुर्खेतको चौकुनेमा क्वारेन्टाइन र सालकोटमा आइसोलेसन स्थापना गरेको छ । लकडाउनले यातायातका सवारी साधन बन्द भएपछि भारतबाट कैलालीको चिसापानी हुँदै दैनिक सयौंको संख्यामा पैदल यात्रु सुर्खेतको गुटु हुँदै कर्णाली भित्रिन थालेपछि प्रदेश सरकारले क्वारेन्टाइनसँगै आईसोलेसन स्थापना गरेको हो । चौकुने गाउँपालिकाको समन्वयमा सञ्चालनमा ल्याईएको क्वारेन्टाइनका लागि आवश्यक खाद्यान्न, सुरक्षा र भौतिक पूर्वाधारको व्यवस्था प्रदेश सरकारले गर्ने सामाजिक विकास मन्त्री दल रावलले जानकारी दिए । उनले चौकुनेको गुटुमा स्थापना गरिएको क्वारेन्टाईनमा ६० जनालाई राख्ने व्यवस्था मिलाईएको बताए । उनका अनुसार कर्णाली राजमार्ग सञ्चालनमा आउनु अघिसम्म अछाम, दैलेख, कालिकोट, बाजुरा, मुगु एवं जुम्लालगायतका जिल्लाका नागरिकहरु कैलालीको चिसापानी, सुर्खेतको गुटु हुँदै पैदल यात्रा गर्दथे ।

Translate »