भदौंबाट आन्तरिक तथा बाहय उडानहरु शुचारु हुँदै
स्काई न्यूज / साउन ६, काठमाडौं ।
कोरोना (कोभिड १९) महामारी नियन्त्रणका लागि लकडाउन लागू गरेसंगै बन्द रहेको आन्तरिक तथा बाह्य उडानहरु आउँदो भदौ १ गतेबाट खोल्ने सरकारले निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले हवाई उडान शुचारु गर्ने निर्णय गरेको हो । कोरोना संक्रमण रोक्न गत चैत ५ गतेबाट अन्तर्राष्ट्रिय उडान र १० गतेबाट आन्तरिक उडानहरु बन्द गरिएको थियो । संस्कृत, पर्यटन तथा नागरिक उडड्यन मन्त्री योगेश भट्टराईका अनुसार उडान सम्बन्धी आवश्यक तयारी तथा प्रोटोकल (कार्यविधि) भने मन्त्रालयले तयार पार्नेछ ।