जाजरकोटमा सुत्केरी महिलाको मृत्यु
स्काई न्यूज /साउन ६, जाजरकोट ।
जाजरकोटमा एक सुत्केरी महिलाको मृत्यु भएको छ । जिल्लाको बारेकोट गाउँपालिका ७, सुवाकोटकी २१ बर्षिया मनकुमारी परियारको स्वास्थ्य चौकी सेपुखोलामा सुत्केरी भएको ५ घण्टा पछि मृत्यु भएको स्वास्थ्य चौकी सेपुखोलाकी अनमी मीरा शाहीले बताईन् । राती ९ः३० वजे सामान्य अबस्थामा सुत्केरी भएको र सुत्केरी भएको केही समय पछि उनको पेट दुखेर एकाएक प्रेसर बढेको कारण उपचार गर्दागर्दै मृत्यु भएको अनमी शाहीले जनाईन् । बच्चाको स्वास्थ्य अबस्था सामान्य रहेको छ । सेपुखोला स्वास्थ्य चौकीमा २०७५ देखि अहिलेसम्म ९ सय ९२ जना सुत्केरी आमाहरुले सेवा लिएका छन ।