सुर्खेतमा बजार पुरानै समयअनुसार खुल्ने

स्काई न्यूज / सावन ९, सुर्खेत ।
वीरेन्द्रनगर बजार पुरानै समयअनुसार खुल्ने भएको छ । सरकारले मंगलवार रातीदेखि लकडाउन खुला गरे पनि यहाँका बजार भने पूर्ववत समयअनुसार नै खुल्ने भएका हुन् । जिल्ला प्रशासन कार्यालयले सुर्खेतले जिल्लाका बजारहरू यसअघि जारी गरेको समयतालीका अनुसार नै खुल्ने बताएको छ । हाल वीरेन्द्रनगर बजार बिहान ७ बजेदेखि बेलुकी ५ बजेसम्म खुल्ने गरेका छन् भने शनिवार सबै पसलहरू बन्द गरिँदै आएको छ । प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले लकडाउन हटे पनि भीडभाड व्यवस्थापनका लागि बजार पहिलाकै समय अनुसार खुल्ने बताए । ‘केन्द्रबाट आधिकारिक निर्णय आएको छैन’, उनले भने, ‘जिल्लाको अवस्था हेरेर प्रशासनले समेत लकडाउन व्यवस्थापन गर्न सक्छ ।’ उनका अनुसार यातायातमा भने जोर–बिजोर प्रणाली लगाए खला गरिएको छ । ‘मास्क नलगाई बाहिर निस्किनेलाई रू. १०० जरीवाना पनि यथावत छ’, उनले भने, ‘मास्क नलगाउनेलाई मुस्कानसहित प्रहरीले एउटा मास्क समेत उपलब्ध गराउने छ ।’

Translate »