१५० जनालाई रोजागरी प्रबर्द्धन गर्दै

लघु उद्यमी समूहले तालिम सञ्चालन गरिदैं

स्काई न्यूज  / सावन ९ ,सुर्खेत ।
जिल्ला लघु उद्यमी समूह (डिमेगा)ले नारायण नगरपालिकाका १५० जना बेरोजगार युवाहरुलाई रोजगारीको प्रबर्द्धन गर्ने भएको छ । कोरोना भाइरसका कारण बेरोजगार बनेका युवाहरुलाई रोजगार दिने अभियान थालेको हो । कार्यक्रममा गरीब, विपन्न, सिमान्तकृत र रोजगारी गुमाई भारतबाट गाउँ भित्रिएका युवाहरुलाई समाबेस गरिने छ । कार्यक्रमको पहिलो चरणमा नारायण नगरपालिकाका ६ वडाहरुमा कार्यक्रम सञ्चालन गर्न लागिएको लघु उद्यमी समूह (डमेगा) दैलेखका अध्यक्ष कविराज खत्रिले जानकारी दिए । (युएनडिपी)को आर्थिक सहयोगमा रोजगार प्रबर्द्धन कार्यक्रम लागू गरिएको हो । खत्रिका अनुसार करीब २ हप्ता उद्यमशिलता सम्बन्धिका तालिम सञ्चालन गरिएको छ । त्यसपछि उनीहरुले के गर्न सक्छन् सम्भाव्यता अध्यन गरी रोजगारीको ग्यारेण्टी हामीले गर्छौ,’ उनले भने, ‘युवाहरूलाई सिस्नो प्रशोधन, अल्लो प्रशोधन, व्यावसायिक तरकारी खेती, स्थानीय जातको कुखुरा पालन, लगायतका कामहरूको बारेमा अवस्था विश्लेषण गरेर सोही अनुसारको काममा लगाउने तयारी छ ।

’विशेषगरी दैलेखका विभिन्न भू–भागहरुमा प्रशस्त मात्रमा सिस्नो र अल्लो खेर गईरहेका छन् ।‘हामी पहिलो चरणमा यसलाई प्रशोधन गर्न सम्बन्धि कार्यक्रम सञ्चालन गर्छौ । उनले भने, ‘आर्थिक विकासको लागि उद्यमी भन्ने नारा सहित राज्यले पटक–पटक भनिरहँदा पनि उद्यमशिलता क्षेत्रमा बजेट नछुट्याइदा समस्या थपिएको छ ।’ यदी राज्यले उद्यमशिलतालाई प्राथमिकतामा राखेर स्थानीयतहदेखि नै यस्ता खालका कार्यक्रम सञ्चालन गर्न सके युवाहरुलाई रोजगारीमा जोड्न सकिन्छ । तर, दैलेखका स्थानीयतह बजेट प्रायः सडकभौतिक पुर्वाधारका क्षेत्रमा छुट्याउँछन्, ‘अनि कसरी युवाहरु उद्यमी बन्न सक्छन् रु नारायाण नगरपालिकमा मात्र करीब २ हजारभन्दा धेरै युवाहरु भारतबाट आएको नगरपालिका स्रोतले बताएको छ ।

Translate »