कोरोना प्रभावितलाई उद्यमी बनाइँदै

स्काई न्यूज / साउन १२,सुर्खेत ।
वीरेन्द्रनगरका कोरोना भाइरस ९ कोभिड–१९० बाट प्रभावित व्यक्तिहरूलाई उद्यमी बनाइने भएको छ । कोरोनाका कारण वैदेशिक रोजगारीबाट फर्किएका र स्वदेशमा रोजगारी गुमाएका तथा कोरोना संक्रमित परिवारलाई आयआर्जनसँग जोड्न उद्यम तालीम प्रदान गर्न लागिएको हो । यूएनडीपीको सहयोगमा जिल्ला लघु उद्यमी समूह संंघ सुर्खेतले कोभिड–१९ बाट अतिकमजोर विपन्न वर्गको आयआर्जन सुरक्षित गर्न संयुक्त राष्ट्र संघको शीघ्र पहल कार्यक्रम सञ्चालन गरी उद्यमी कोरोना प्रभावितलाई उद्यमी बनाइने भएको हो । कार्यक्रम अन्तर्गत वीरेन्द्र्रनगर नगरपालिकाका १५० जना छनोट गरी उद्यमशीलतासँग जोडिने भएको छ । उनीहरूको आयआर्जन वृद्धि गर्नका लागि कार्यक्रम सञ्चालन गरिएको जिल्ला लघु उद्यमी समूह संघ सुर्खेतकी कार्यक्रम संयोजक अञ्जु रानाले जानकारी दिइन् । यूनएनडीपीको आर्थिक सहयोगमा कोरोनाबाट प्रभावित अतिकमजोर वर्गको आयआर्जन सुरक्षित गर्न कार्यक्रम शुरू गरिएको राष्ट्रिय लघु उद्यमी महासंघका कार्यबाहक अध्यक्ष कविराज खत्रीले बताए ।


कोरोनाबाट प्रभावित तथा विदेशबाट फर्किएका, सीमान्तकृत, अतिविपन्न वर्गलाई छनोट गरी लघु उद्यममार्फत स्वरोजगार बनाइने छ । उनीहरूको रुची बजार माग तथा आवश्यकताका अधारमा तालीम सञ्चालन गरिने खत्रीको भनाइ छ । युवालाई व्यावसायिक शीपमुलक तालीम प्रदान गरी उद्यमी बनाउन लागिएको हो । युवालाई उद्यमशीलता विकास तालीम सञ्चालनपश्चात् उनीहरूले व्यवसाय गर्न इच्छा तथा बजार भएको विषयमा प्राविधिक शीप विकास तालीम प्रदान गरी उनीहरूलाई उद्यमी बनाइने खत्रीको भनाइ छ । स्थानीय समुदायमा सहभागितामुलक ग्रामीण लेखाजोखा तथा स्रोत सर्वेक्षणबाट पहिचान भएका स्थानीय स्रोतसाधन, बजार माग, समुदायको चाहना तथा आकर्षणका आधारमा समुदायले बनाएको योजना अनुसार लक्षित वर्गलाई उद्यमशीलता विकास तालीम प्रदान गरिने छ । वीरेन्द्रनगर नगरपालिकाकी कार्यवाहक प्रमुख मोहनमाया ढकालले कोभिड–१९ बाट प्रत्यक्ष रोजगारी गुमाएका युवालाई आयआर्जनमुलक तालीम सञ्चालन गरी रोजगारी सृजना गर्न लागिएको बताईन् । वैदेशिक रोजगारी तथा स्वदेशमा नै रोजागरी गुमाएका युवालाई कार्यक्रमले समेट्नु पर्ने उनको भनाइ छ ।

Translate »