लाइसेन्स नविकरणमा जरिवाना नलाग्ने


साउन २०, काठमाडौं ।
सवारी चालक अनुमति पत्र (लाइसेन्स) नवीकरण गर्दा भदौ मसान्तसम्म जरिवाना शुल्क नलाग्ने भएको छ । चैत ११ गतेपछि म्याद सकिएका लाइसेन्स नवीकरण गर्दा जरिवाना शुल्क हटाइएको यातायात व्यवस्था विभागका महानिर्देशक गोगनबहादुर हमालले जानकारी दिए । नवीकरण गर्ने म्याद लकडाउन अवधिभित्र परेमा भदौ मसान्तसम्म जरिवाना छुट गर्ने निर्णय मन्त्री परिषद्ले गरेको हो । सरकारको निर्णयपछि विभागले सफ्टवेयर मिलाउने काम गरिरहेको हमालले जानकारी दिए । (एनटीभी)

Translate »