कर्णाली नदिमा वगेर दुई वालक वेपत्ता

स्काई न्यूज / भदौ ९, दैलेख ।
आज दिउसो कर्णाली नदीमा वगेर दुई वालक वेपत्ता भएका छन् । वेपत्ता हुनेमा आठविस नगरपालिका–४ भेल्तडी १४ वर्षीय भरत माझी र १३ वर्षीय विनोद माझी रहेको प्रहरीले जनाएको छ । वाख्रा चराउन गएका उनीहरु कर्णाली नदी पौडी खेल्ने क्रममा वगेर वेपत्ता हुन पुगेको स्थानीय डम्वर माझीले जानकारी दिए । कर्णाली नदीमा वगेर वेपत्ता ति दुईजनाको खोजीका लागि राकमकर्णाली ईलाका प्रहरी कार्यालयवाट प्रहरी टोली खटाईएको र खोजी कार्य तिव्र पारिएको जिल्ला प्रहरी प्रमुख डिएसपी हरिवहादुर वलीले जानकारी दिए ।

Translate »