‘सहकारी गरिवी घटाउन केन्द्रित हुनु पर्छ’

स्काई न्यूज/ भाद्र ११, सुर्खेत ।
सहकारीले नागरिकको आर्थिक समृद्धि गरि गरिवी घटाउने खालका कार्यक्रम सञ्चालन गर्न आवश्यक रहेको औल्याईएको छ । जनहितकारी बचत तथा ऋण सहकारी संस्थाले बुधबार वीरेन्द्रनगरमा आयोजना गरेको वार्षिक नीति तथा छलफल कार्यक्रमका सहभागिहरुले गरिवी घटाउन सहकारीको भूमिका महत्वपूर्ण हुने भन्दै सहकारी नीतिको कार्यान्वयन पक्षमा जोड दिुनपर्ने औल्याएका छन् । संस्थाका अध्यक्ष समेत रहेका राष्ट्रिय सहकारी बैंकका सञ्चालक हरिहरनाथ योगीले सहकारी संस्थाको नीति नै सहकारी अभियानको गाईडलाईन भएको जनाए । ‘यतिबेला आपसमा बृहत छलफल गरी परिस्थिति अनुरुप अगाडि बढ्न आवश्यक छ,’ उनले भने, ‘सहकारी अभियानको भावनासँग समयसापेक्ष अवस्थालाई मध्यनजर नगरेर नीतिमा समावेश गर्न जरुरी देखिन्छ ।’
उनले कोरोना संक्रमण (कोभिड–१९) को चुनौतिको सामना गर्दै कर्मचारीको एकता, क्रियाशिलता एवं क्षमताले परिणाममुखि नतिजाका लागि थप प्रतिबद्ध बनाएको जिकिर गरे । त्यस्तै संस्थाका कोषाध्यक्ष नवराज कँडेलले सहकारी नीतिको उद्देश्य अनुरुप अभियानले हासिल गरेका उपलब्धीलाई सटिक विश्लेषण गरेर अघि बढ्नु पर्ने बेला आएको बताए । उनले शेयर सदस्य नै संस्थाका मालिक भएकाले जस्तोसुकै परिस्थितिको बावजुद पनि गुणस्तरीय सेवा गर्नु कर्मचारीको मुल धर्म रहेकोले आफुसँग लुकेर गरेका रचानात्मक कार्यशैलीको प्रदर्शन गर्न उत्प्रेरित गरे । छलफलमा संस्थाका तीन वटै शाखाका कर्मचारीहरुको सहभागिता रहेको थियो ।

यसैवीच संस्थाले वित्तिय साक्षरता अभिबृद्धि गर्न सेवाकालिन तालिम समेत सम्पन्न गरेको छ । कर्मचारीहरुका लागि आयोजित उक्त तालिममा संस्थाका प्रबन्धक हिमलाल गौतमले कोरोनाको महामारीको यो विषम परिस्थितिमा पनि सदस्यरुलाई अत्यावश्यक सेवा उपलब्ध गराईएको जनाए । कर्मचारीको सामूहिक भावनाले सहकारी अभियानको जिम्मेवारी वहन गरेकोमा खुशि व्यक्त गर्दै यस्ता क्रियाकलापलाई निरन्तरता दिनु पर्नेमा उनले जोड दिए । तालिममा आर्थिक वर्ष २०७७/०७८ का लगि २० जना कर्मचारीलाई प्रत्यक्ष किटानसहित व्यक्तिगत टार्जेट समेत दिइएको थियो । तालिममा नियमित कार्य सञ्चालन र आचारसंहिता विषयमा हिमलाल गौतम, सेवा र नविनतम प्रविधिको विषयमा मितेन्द्रनाथ योगि,ऋण तथा ऋण ब्यवस्थापन विषयमा प्रेम आचार्य, लेखा संकलन र भुक्तनी प्रक्रियाका बारेमा लेखापाल बसन्तबहादुर बुढासँगै कार्यक्रम प्रेम आचार्य तथा भोज प्रसाद आचार्यले सहजीकरण गरेका थिए ।