कर्णाली नदीमा तीन जना बेपत्ता

स्काई न्यूज / भदौ १८,सुर्खेत ।
दाउरा बटुल्न गएका तीन जना कर्णाली नदीमा बिहीबार दिउँसो बेपत्ता भएका छन् । बेपत्ता भएकाको प्रहरीले खोजी कार्य तीव्र पारिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार गेरुवा गाउँपालिका ४ का ४० वर्षीय बलबहादुर रोकाय, १४ वर्षीय पबि रोकाय र १४ वर्षका भरत रोकाय कर्णाली नदीमा बेपत्ता भएका छन्। बेपत्ताको खोजी कार्य गर्न सशस्त्र प्रहरी र नेपाल प्रहरी परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारीले बताए । उनका अनुसार बेपत्ता खोजी गर्न मोटर बोट लिएर गोताखोरका टोली पनि घटनास्थल तर्फ हिडिँसकेको छ।

Translate »