कोरोना संक्रमणबाट थप २६ जनाको मृत्यु

संक्रमितको संख्या १ लाख ४४ हजार ८७२ पुग्यो

कात्तिक ५, काठमाडौं ।
नेपालमा बुधवार थप ५ हजार ७४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा बुधवारसम्ममा सक्रिय संक्रमितको संख्या ४४ हजार ४७६ जना रहेका छन् । बुधवार थपिएका कोरोना संक्रमितको संख्या हालसम्मकै उच्च हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ४४ हजार ८७२ पुगेको छ । नेपालमा हालसम्म कोरोनाबाट निको हुनेको संख्या ९९ हजार ६०५जना पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार गत २४ घण्टामा थप २६ जनाको कोरोना संक्रमणबाट मुत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट ७९१ जनाको मृत्यु पुष्टि भएको छ ।

हाल मुलुकका विभिन्न भागमा रहेका क्वारेन्टाइनमा ४ हजार ६५ जना रहेका छन् । मन्त्रालयका अनुसार मुलुकका विभिन्न भागमा रहेका आईसोलेशनमा ४४ हजार ४७६ जना रहेका छन् । त्यसैगरी संस्थागत आईसोलेशनमा १४ हजार ६७६ जना र होम आईसोलेशनमा २९ हजार ८०० जना रहेका छन् । त्यस्तै हालसम्म १३ लाख ३४ हजार ८९७ ओटा पीसीआर परीक्षण भइसकेको छ । विगत २४ घण्टामा २ हजार ९९६ जना कोरोना संक्रमणबाट मुक्त भई डिस्चार्ज भएका छन् । बुधवार थपिएका नयाँ संक्रमितमध्ये ३ हजार १०७ जना काठमाडौं उपत्यकाका रहेको मन्त्रालयले बताएको छ । प्रवक्ता गौतमले संक्रमितमध्ये काठमाडौं जिल्लाका २ हजार ३९१ जना, ललितपुर जिल्लाका ५४३ जना र भक्तपुर जिल्लाका १७३ जना रहेको बताए ।

Translate »