बाँकेमा ४४ जना कोरोना संक्रमित निको भई डिष्चार्ज

कात्तिक २७,नेपालगन्ज।
बाँकेमा आज ४४ जना कोरोना संक्रमित निको भई डिष्चार्ज भएका छन् । डिष्चार्ज हुनेमा २३ पुरुष र २१ महिला छन् । डिष्चार्ज हुनेमा ६ वर्षीय बालकदेखि ८० वर्षीय वृद्ध पनि छन् । यो संगै बाँकेमा कोरोना संक्रमणबाट निको हुनेको संख्या ३ हजार १ सय ९४ पुगेको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताए । जिल्लामा कोरोना निको हुने दर ९१.४९ प्रतिशत रहेको छ । आइसोलेसनमा २ सय ६२ जना छन् । बाँकेमा हालसम्म ३ हजार ४ सय ९१ जनामा कोरोना पुष्टि भएको छ । अहिलेसम्म ३५ जनाको मृत्युु भएको छ ।

Translate »