बाँकेमा उपचाररत थप दुई जना कोरोना संक्रमितको मृत्यु

मंसिर २२,नेपालगञ्ज।
बाँकेमा उपचाररत दुई जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । बर्दिया र कञ्चनपुरका एक एक जना पुरुषको उपचारका क्रममा मृत्यु भएको हो । बर्दियाको गेरुवा ५ का ७२ बर्षीय पुरुषको भेरी अस्पताल नेपालगञ्जमा र कञ्चनपुरको शुक्लाफाँटा ४ का ७३ बर्षीय पुरुषको नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा आज विहान उपचारका क्रममा मृत्यु भएको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र बाँकेले जनाएको छ । यो संगै बाँकेमा उपचाररत बाहिरी जिल्लाका ६४ जनाले कोरोना संक्रमणका कारण ज्यान गुमाएका छन् ।

Translate »