सुर्खेतमा ब्राउन सुगरसहित दुई महिला पक्राउ


स्काई न्यूज /पुुस १४, सुर्खेत ।
सुर्खेतमा लागु औषध ब्राउन सुगरसहित दुई महिला पक्राउ गरेका छन् । लागु औषध ब्राउृन सुगर ओसार पसारमा संलग्न रहेको आरोपमा प्रहरीले सोमबार राती १० बजेतिर वीरेन्द्रनगर–८, बाट उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा वीरेन्द्रनगर–८, निवासी शान्ति सिंह र कौशिला सिंह रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनीहरुका साथबाट १४ ग्राम ९ सय ७० मिलिग्राम लागु औषध ब्राउन सुगरसहित २१ हजार ५ सय रुपैयाँ नगर वरामद भएको छ । प्रहरी निरीक्षक गोपाल रायमाझी नेतृत्वको प्रहरी टोलीले पक्राउ गरि लागु औषध ब्राउनसुगर खरिद, ओसारपसार, सञ्चय तथा विक्री वितरण सम्बन्धि अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी (डीएसपी) रामप्रसाद घर्तीले जानकारी दिए ।

Translate »