२०८३ असोज २८ , बुधबार
Sky News Nepal
October 14, 2026

सुर्खेतमा टिप्परको ठक्करबाट एक जनाको मृत्यु



स्काई न्यूज/ पुस २४,सुर्खेत ।
सुर्खेतको भेरीगंगा नगरपालिका–१२, छिन्चुमा टिप्परको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । सुर्खेतबाट नेपालगञ्जतर्फ जाँदै गरेको कर्णाली प्रदेश ००१ क ००९९ नम्बरको टिप्परले सोही दिशातर्फ गइरहेको भे७प–५२०६ नम्बरको मोटरसाइकलाई आज दिउँसो छिन्च स्थित पेट्रोल पम्प अगाडी ठक्कर दिँदा घाइते वीरेन्द्रनगर–११, की २३ बर्षीया ताराकुमारी आलेलाई उपचारका लागि अस्पताल लैजादै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । यता घटनास्थलमै मृत्यु भएको आधा घण्टाभन्दा पछि आएको प्रहरीले मुचुल्का नउठाई लास उठाएको भन्दै मृत्तकका आफन्तले छिन्चुमा यति बेला आन्दोलन गरिरहेका छन ।

प्रकाशित मिति : २०७७ पुस २४ गते शुक्रबार
Translate »