निःशुल्क आँखा शिविरमा करिब ५ सय जनाको चेक जाँच

चैत १,सल्यान ।
सल्यानको कुमाख गाउँपालिकामा सञ्चालित निःशुल्क आँखा शिविरमा करिब ५ सयले आँखा चेक जाँच गराएका छन् । दुष्टिबिहिनलाई ज्योति फर्काउने उद्देश्यले तीन दिनसम्म चलेको निःशुल्क प्राथमिक आँखा जाँच तथा उपचार शिविरमा ४ सय ९१ जनाले आँखा चेक जाँच गराएका हुन । आँखा शिविरमा २ सय ७८ महिला र २ सय १३ पुरुषको आँखा चेकजाँज गरिएकोमा ९३ जनाको मोतिया बिन्दुको शल्यक्रिया गरिएको गाउँपालिका स्वास्थ्य शाखा प्रमुख मानसिंह वलीले जानकारी दिए । आँखाको समस्या भएका बिरामीहरूको निःशुल्क रुपमा शल्यक्रिया गरिएको उनको भनाई छ । कुमाख गाउँपालिका वडा न ३ को राम्री र वडा न ४ को सहिद स्मृति अस्पतालमा भएको शिविरमा आँखा जाँच, मोतिया विन्दु, स्क्रीनिङ, तथा उपचार गरिएको प्रमुख वलीको भनाई छ । विपन्न जनताहरूको स्वास्थ्य अवस्थालाई मध्यनजर गरी स्वास्थ्य शिविर सञ्चालन गरिएको गाउँपालिका अध्यक्ष दिलमाया बुढा गिरीले बताए ।

Translate »