सुरेन्द्र पाण्डे र घनश्याम भुषाललाई पार्टीबाट निलम्बन
चैत १९,काठमाडौं ।
नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले नेताहरु घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई पार्टीबाट निलम्बन गरेका छन्।स्पष्टीकरणको जवाफ चित्तबुझ्दो नभएको भन्दै अध्यक्ष ओलीले उनीहरुलाई ६ महिनाका लागि निलम्बन गरेका हुन् । यसअघि प्रधानमन्त्री तथा पार्टी अध्यक्षओलीले नेता माधवकुमार नेपाल र भीम रावललाई पनि ६ महिनाका लागि निलम्बन गरेका थिए । गत चैत ७ गते प्रधानमन्त्री निवास बालुवाटारमा बसेको एमाले केन्द्रीय कमिटी बैठकले नेताहरु नेपाल, रावल, भुसाल र पाण्डेलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो ।