निर्वाचन अगाडि नै सबैलाई खोप लगाइसक्ने प्रधानमन्त्रीको दाबी

जेठ ९, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी निर्वाचनभन्दा अगाडि सबैलाई कोराना भाइरसविरुद्धको खोप लगाइने बताउनुभएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आइतवार आयोजित पत्रकारसँगको अन्तरक्रियामा उहाँले निर्वाचन अगाडि सबैलाई खोप लगाउने प्रयासमा सरकार जुटेको जानकारी दिनुभयो ।


उहाँका अनुसार खोप ल्याउनका लागि विभिन्न देश र खोप उत्पादकसंँग छलफल भइरहेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको सिफारिशमा आगामी कात्तिक २६ र मंसिर ३ गते प्रतिनिधिसभाको मध्यावधि निर्वाचन तोकिसक्नुभएको छ ।

नेपालमा कोभिड–१९ विरुद्धको कोभिशिल्ड र भेरोसेल खोप लगाइएका छन् । अहिलेसम्म २१ लाख १३ हजार ८० जनाले खोपको दोस्रो र पाँच लाख १४ हजार २५३ जनाले पहिलो मात्रा लगाएका छन् । (रासस)

Translate »