सुर्खेतमा विप्लव माओवादीद्वारा स्वास्थ्य शिविर

रगवीर विश्वकर्मा /जेठ १२, सुर्खेत ।
नेपाल स्वास्थ्यकर्मी महासंघ सुर्खेतले स्वास्थ्य शिविर सञ्चालन गरेको छ । नेकपा नेत्रविक्रम चन्द (विप्लव) निकट महासंघले बुधबार वीरेन्द्रनगर–२, कृष्णगञ्जमा सामाजिक दुरी कायम गर्दैस्वास्थ्य सेवा शिविर सञ्चालन गरेको हो । शिविरमा कोरोना भाइरस, मौसमी फ्लु, रुघाखोकी ज्वरो, आउँ लगायतका रोगको परीक्षण र लक्षण पहिचान गरी त्यसबाट बच्ने उपाय सम्बन्धि परामर्शसँगै औषधि वितरण गरिएको छ ।

शिविरमा विरामीलाई सिटामोल, प्यान्टापराजोल, जिङ्क ट्याब्लेट, भिटामिन बि, सि, डि, क्यालसियम, डिकोल्ड, निम्स, सिप्रोल्लाक्सासिन, अल्ट्रासिड, एन्टिएलर्जिक, मेट्रोनिडाजोल, एन्टिफङ्गल, एन्टिब्याक्टेरिएल, साइनेक्स, जिवनजल लगायतका विभिन्न औषधिहरु, ११ लिटर सेनिटाइजर र एक हजार थान सर्जिकल मास्क समेत वितरण गरिएको महासंघका फिजियो थेरापिस्ट भूमिप्रसाद उपाध्यायले जानकारी दिए । उनले उपचारका लागि शिविरमा आउने २ सय १० जनाको थर्मल गनद्वारा ज्वरो मापन समेत गरिएको जनाए । शिविरमा सञ्चालनका लागि जिल्ला जनस्वास्थ्य कार्यालय सुर्खेत, वीरेन्द्रनगर नगरपालिका र औषधि व्यवसायी संघ सुर्खेतबाट औषधिसँगै स्वास्थ्य सामग्रीहरु सहयोग प्राप्ति भएको अहेब आशा सहकारीले बताईन् ।