२०८३ कात्तिक ७ , शुक्रबार
Sky News Nepal
October 24, 2026

अपमान सहेर कोही बस्दैन : माधवकुमार नेपाल



नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपालले अपमान सहेर कोही बस्न नसक्ने बताएका छन् । पुष्पलाल स्मृति दिवसको अवसरमा काठमाडौंको चम्पादेवीमा बिहीबार आयोजित कार्यक्रममा नेपालले आफूले बनाएको घर छाडेर हिँड्न पनि मुश्किल पर्ने बताएका छन् ।

‘कसले आफूले बनाएको घरबाट निस्कन चाहन्छ’, उनले भने, ‘तर अपमान सहेरपनि कोही बस्न सक्दैन ।’ कम्युनिष्ट आन्दोलनलाई बलियो बनाएर अगाडी बढ्नु पर्ने बताउँदै उनले कम्युनिस्ट आन्दोलन सही दिशामा लिएर जाने क्रान्तिकारी पार्टीलाई बलियो बनाउन चाहेको बताए ।

‘पार्टी कसरी अगाडि बढ्छ भनेर हेरिरहेका छौ,’ उनले थपे, ‘त्यहि अनुसार अगाडीको बाटो तय गर्छौ ।’ (नागरिक)

प्रकाशित मिति : २०७८ साउन ७ गते बिहीबार
Translate »