लिमीमा फोरजी टावर निर्माण हुँदै

हुम्ला । हुम्लाको विकट उत्तरी नाम्खा गाउँपालिका–६ लिमीमा नेपाल टेलिकमको फोरजी टावर निर्माण हुने भएको छ । टावर निर्माणका लागि हेलिकोप्टरबाट सामान ढुवानी गरिएको हो । लामो समयदेखि लिमीमा टावर नहुँदा यहाँका नागरिक सञ्चारसँग जोडिन सकेका थिएनन् ।

लिमीबासीलाई सञ्चारमा जोड्नका लागि फोरजी टावर निर्माण गर्न लागिएको गाउँपालिका अध्यक्ष विष्णुबहादुर लामाले जानकारी दिए । अध्यक्ष लामाले भने, ‘नागरिक धेरै समयसम्म सञ्चारमा जोडिने आशमा थिए । अब पूरा हुने भएको छ ।’ उनका अनुसार गाडी सुविधा नभएको र मानिसले बोक्न नसक्ने भएकाले हेलिकोप्टरमार्फत सामान ढुवानी गरिएको हो । टावर निर्माणका लागि सोलार सिस्टमका उपकरण सिम्रिक एयरको हेलिकोप्टरमार्फत ढुवानी गरिएको हो । रासस

Translate »