लागूऔषधसहित एक पक्राउ

स्काई न्यूज / भदौं २१, बाँके । बाँके प्रहरीले नेपालगञ्ज उपमहानगरपालिका–१५ जमुनाहबाट लागुऔषध ब्राउनसुगरसहित एक जनालाई पक्राउ गरेको छ । प्रहरीले सोमबार १ ग्राम ५ सय मिलिग्राम अबैध लागूऔषध ब्राउनसुगर सहित कोहलपुर नगरपालिका–५ रझेना बस्ने २६ वर्षीय जनक थारुलाई पक्राउ गरेको हो ।

भारतबाट नेपालतर्फ आउँदै गरेका जनकलाई ईलाका प्रहरी कार्यालय जमुनाह र लागूऔषध नियन्त्रण ब्यूरो नेपालगञ्जबाट खटिएको प्रहरीले पक्राउ गरेको छ । चेकजाँच गर्नेक्रममा चप्पलमा लुकाई ल्याउँदै गरेको उक्त लागूऔषध सहित थारुलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।