यी हुन् पुरस्कार पाउने ४० जना निजामती कर्मचारी

२२ भदौ, काठमाडौं । आज निजामती कर्मचारी दिवस मनाइँदै छ । दिवसका अवसरमा ४० जना निजामती कर्मचारी सम्मानित हुँदै छन् ।
मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले ४० जना कर्मचारीलाई पुरस्कृत गर्ने निर्णय गरेको हो । जसअनुसार १० जनालाई उत्कृष्ट निजामती कर्मचारी पुरस्कार र ३० जनालाई निजामती सेवा पुरुस्कार प्रदान गर्न लागिएको हो ।
