नेपाल आइपुग्यो एमसिसी उपाध्यक्षसहितको टोली

काठमाडौं । अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) उपाध्यक्ष फतिमा सुमार नेतृत्वको टोली काठमाडौं आइपुगेको छ ।  चार दिने औपचारिक भ्रमणका लागि फतिमा नेपाल आएका हुन् । नायब उपाध्यक्ष जोनाथन ब्रुक्स पनि फतिमाको साथमा नेपाल आएका छन्।

उनीहरु कतार एयरवेजमार्फत बिहीबार बिहान ९ : २५ बजे काठमाडौं ओर्लिएको नेपाल नागरिक उड्डयन प्राधिकरण स्रोतले जानकारी दिएको छ ।

फतिमालाई अमेरिकी दूतावास र नेपालस्थित एमसिसी कार्यालयका अधिकारीहरूले स्वागत गरेका छन् । फतिमाको भ्रमणलाई लक्षित गरी काठमाडौँको सुरक्षा व्यवस्था कडा पारिएको छ ।

सुमार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सिधै मेरिट होटेल गएका छन् । सुमारले आज बिहीबार नै प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्ने कार्यक्रम छ ।

Translate »