सरकारले ल्यायो ‘महिला पहिला कार्यक्रम’
२५ भदौ, काठमाडौं । सरकारले ‘महिला पहिला कार्यक्रम’ सञ्चालन गर्ने घोषणा गरेको छ । आर्थिक र सामाजिक रुपले सक्षम तुल्याउन महिलालाई प्राथमिकता दिने गरी कार्यक्रम सञ्चालन गरिने घोषणा गरेको हो ।
प्रत्येक वडामा महिला नेतृत्व संयन्त्र विकास गरी महिलाको क्षमता अभिवृद्घि गरिने शुक्रबार बजेट अध्यादेशको प्रतिस्थापन विधेयक संसदमा प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले घोषणा गरेका हुन् ।