२०८३ कात्तिक ८ , शनिबार
Sky News Nepal
October 25, 2026

बहुमूल्य समानसहित ४ जना चोर सार्वजनिक



स्काई न्यूज भदौं २८, सुर्खेत । सुर्खेत प्रहरीले विभिन्न समयमा चोरी भएका समानसहित ४ जना चोरलाई सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतले सोमबार वीरेन्द्रनगरमा पत्रकार सम्मेलन गरेर चोरी भएका पोतेसहितको सुनको छड्के तिलहरी, सुनको बेरुवा औठी, पत्थर भएको सुनको औठी, एलईडी टेलिभिजन, धारिलो खुडासहित चार जना चोरलाई सार्वजनिक गरेको हो । चोरी आरोपमा पक्राउ पर्नेमा वीरेन्द्रनगरका एक जना नाबालकसहित १९ वर्षीय भिष्म खत्री, २६ वर्षीय सूरज गुरुङ र ३६ वर्षीय राजकुमार विक रहेका छन् । कोरोना रोकथाम तथा नियन्त्रणका लागि लागु गरिएको लकडाउन एवं निषेधाज्ञाको फाईदा उठाउँदै वीरेन्द्रनगरका विभिन्न स्थानबाट ती चोरहरुले बहुमूल्य समान चोरी गर्दै गरेको अबस्थामा रंगेहात पक्राउ गरिएको जिप्रका सुर्खेतका सूचना अधिकारी (डीएसपी) रामप्रसाद घर्तीले जानकारी दिए । उनले पक्राउ परेका चोरलाई सोमबार नै सुर्खेत जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरेर कार्वाहीका लागि अनुसन्धान भईरहेको बताए ।

प्रकाशित मिति : २०७८ भदौ २८ गते सोमबार
Translate »