२०८३ कात्तिक ८ , शनिबार
Sky News Nepal
October 25, 2026

पहिरोले कर्णाली राजमार्ग अवरूद्ध



सुर्खेत : पहिरो खस्दा कर्णाली राजमार्ग अवरुद्ध भएको छ। मंगलबार बिहान पहिरो खसेपछि कर्णाली राजमार्ग अन्तर्गत दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका–५ पादुकाखोला–पाल्तडा खण्डको चिसा खोलामा सडक अवरूद्ध भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख अनुप श्रेष्ठले अवरूद्ध सडक सञ्चालन गर्न डोजरले पहिरो पन्छाइरहेको बताए। सडक सञ्चालन हुन अझै केही समय लाग्ने बताइएको उनले बताए।

सडक अवरूद्ध हुँदा सुर्खेत झर्ने र जुम्ला, कालीकोट जाने सवारीसाधन बीच बाटोमा नै रोकिएका छन्। सवारीसाधन रोकिँदा यात्रुहरूको विचल्ली भएको छ। सडक अवरूद्ध भएपछि गाडीहरू जाममा परेका छन् भने खाना खान नपाउँदा यात्रुहरूको बिजोक भएको सवारी चालक विष्णु खड्काले बताए।  (थाहा खबर)

प्रकाशित मिति : २०७८ भदौ २९ गते मंगलबार
Translate »