सुर्खेतमा कस्तुरीको विनासहित दुई जना पक्राउ

असोज २, सुर्खेत ।   सुर्खेतमा कस्तुरीको विनासहित दुई जना पक्राउ परेका छन् । प्रहरीले शनिबार वीरेन्द्रनगरको आशा होटलबाट दुई वटा कस्तुरीको विनासहित उनीहरुलाई रंगेहात पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा वीरेन्द्रनगरमै सञ्चालित सीता होटलका सञ्चालक २३ वर्षीय सर्जन रावत र जुम्ला चन्दननाथ नगरपालिका–२, का ६० वर्षीय रनबहादुर बोहरा रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाए । प्रहरीका अनुसार आवश्यक कार्वाहीका लागि थप अनुसन्धान भइरहेको छ ।

Translate »