बैतडीको ढुंगाड बस्तीमा सेतीको बाढी पस्यो : करिब ६० जना उद्धारको पर्खाइमा

बैतडी — बैतडीको सिगास गाउँपालिका–५ को ढुंगाड बस्तीमा सेती नदीको बाढी पसेको छ । बस्तीको दायाँबायाँबाट बाढी पसेर टापु बनाएको हो ।
१०५ घरधुरी रहेको बस्तीमा सोमबार राति १ बजेदेखि बाढी पसेको वडाध्यक्ष रामबहादुर धामीले बताए । उनका अनुसार राति धेरै स्थानीय भागेर ज्यान बचाउन सफल भएका छन् । ६० जना जति अहिले पनि फसिरहेको उनले जानकारी दिएका छन् ।

उद्वारका लागि प्रदेश सरकारसँग समन्वय गरिरहेको उनले बताए । टापुमा फसेकाहरू अहिलेसम्म सुरक्षित रहेको तर खतरामा रहेका खबर पाएको उनको भनाइ छ ।

सोमबार राति नै प्रहरीको टोली त्यहाँ गएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खगेन्द्र भारतीले बताए । ७र८ घण्टा बढी हिँड्नपर्ने भएकाले पुग्न ढिलो भएको बताए । अहिले स्थानीय फसेको खबर आए पनि यकिन विवरण भने नआएको उनले जानकारी दिए । (कान्तिपुर)

 

Translate »