कांग्रेस कर्णाली सभापतिमा शाही, उपसभापतिमा सहकारी र कार्की विजयी

स्काई न्यूज /मंसिर १९, सुर्खेत । नेपाली कांग्रेस कर्णाली प्रदेशको सभापतिमा ललितजंग शाही विजयी भएका छन् । ४ सय २२ मतसहित रामचन्द्र पौडेल समूहका भुपेन्द्रजंग शाहीलाई १ सय ५ मतले पछि पार्दै शाही विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी भुपेन्द्रजंग शाहीले ३ सय १७ मत प्राप्त गरे । त्यस्तै विमलेन्द्र निधि समूहबाट उम्मेद्वारी दिएका मोतिराज बलमे ७ मत प्राप्त गरे ।

प्रदेश महाधिवेशनअन्तर्गत भएको निर्वाचनमा ७ सय ७१ मतदातामध्ये ७ सय ५४ मत खसेको थियो । निर्वाचन समितिका अनुसार ८ मत बदर भएको छ । शाहीले संस्थापन पक्ष (शेरबहादुर देउवा) समूहबाट निर्वाचनमा विजयी भएका छन् । उनी २०७० सालमा संविधानसभा सदस्य थिए ।

यसैवीच प्राप्त ताजा जानकारी अनुसार उपसभापतिमा कालीबहादुर सहकारी र सनत कुसमार कार्की विजय भएका छन् । सहकारीले ४ सय ५६ र कार्कीले ४ सय ४३ मत प्राप्त गरी विजय भएका हुन् । विजय दुवै जना संस्थापन (सभापति शेरबहादुर देउवा) समूहका हुन् । उनीहरुका निकटतम् प्रतिद्वन्द्वी तिलकबहादुर भण्डारीले २ सय ७० र देवेन्द्र बहादुर शाहीले २ सय ८४ मत प्राप्त गरेका छन् ।

Translate »