परिवर्तनका लागि पत्रकारको भूमिका महत्वपूर्ण : नेता कँडेल

प्रेस चौतारी सुर्खेतको अध्यक्षमा खत्री

डिलबहादुर खत्री / माघ ५, सुर्खेत ।  नेकपा एमाले स्थायी कमिटी सदस्य तथा कर्णाली प्रदेश सभाका प्रमुख प्रतिपक्षका नेता यामलाल कँडेलले कर्णालीको समृद्धिका लागि पत्रकारिताको माध्यमबाट समाजलाई सुसूचित गर्न पत्रकारलाई आग्रह गरेका छन् । प्रेस चौतारी नेपाल सुर्खेतको बुधबार छैठौं जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै उनले लोकतन्त्रको रक्षाको निम्ति पहरेदारी गर्ने पत्रकारिता क्षेत्रमा नयाँ पुस्तालाई आकर्षित गर्न पत्रकारको श्रमको सम्मान हुने व्यवस्थाको सुनिश्चितता गर्न जरुरी रहेको औल्याए । नेता कँडेलले नेपालको राजनीतिक परिवर्तनमा पत्रकारको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै श्रमजीवी पत्रकारको न्यूनतम् पारिश्रमिक लागू गर्न र साना लगानीका सञ्चारमाध्यमको उठानका लागि सरकारको ध्यानाकर्षण गराए । कार्यक्रममा नेकपा एमाले सुर्खेत जिल्ला इन्जार्ज नवराज रावत एवं सुर्खेत अध्यक्ष अमृत विसीलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

प्रेस चौतारी सुर्खेतको अध्यक्षमा खत्री
प्रेस चौतारी नेपाल सुर्खेतको अध्यक्षमा गोविन्द खत्री निर्वाचित भएका छन् । बुधबार वीरेन्द्रनगरमा सम्पन्न चौतारीको छैठौं अधिवेशनले अध्यक्ष खत्रीसहित २१ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको हो । कार्यसमितिको उपाध्यक्षमा एसकुमार चपाई, महिला उपाध्यक्ष सीता वली, सचिव मुना हमाल, कोषाध्यक्ष अप्सरा विष्ट, सह–सचिव दिनेश बुढा र यामबहादुर विक तथा सदस्यहरुमा राजकुमारी पौडेल, लक्ष्मी हमाल, सुरेश पौडेल, पार्वती बयक, तेजविक्रम तिवारी, मग्रिव बक्स, खुमलाल न्यौपाने, दिपक बराल, खगेन्द्र शाही, विक्रमकुमार विक, खगेन्द्र हमाल, कल्पना हमाल, नवराज उपाध्याय र अनिता विक निर्वाचित भएका छन् । नवनिर्वाचित कार्यसमितिलाई प्रेस चौतारी नेपाल कर्णाली प्रदेश इन्चार्ज वीरबहादुर गिरी, प्रदेश संयोजक प्रकाश अधिकारी, पारिश्रमिक निर्धारण समिति सदस्य नवराज महताराले सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए ।

Translate »