नेपाल प्रहरीको प्रमुखमा धिरजप्रताप सिंह नियुक्त

वैशाख १८, काठमाडौं । सरकारले नेपाल प्रहरीको प्रमुख(आईजीपी ) मा धिरजप्रताप सिंहलाई नियुक्त गरेको छ ।

मन्त्रिपरिषद्को आइतवार बालुवाटारमा बसेको बैठकले गृह मन्त्रालयको प्रस्तावमा एआईजीपी सिंहलाई प्रहरी महानिरीक्षकमा बढुवा गर्ने निर्णय गरेको हो ।

सिंह यसअघि केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) मा कार्यरत थिए । हाल बहालवाला आईजीपी शैलेश थापा क्षेत्री ३० वर्षे सेवा अवधिका कारण आइतवारबाट अवकाश पाउँदैछन् । आजै सिंहले प्रहरीको नेतृत्व सम्हाल्नेछन् ।

Translate »