मल कारखाना निर्माणको काम अघि बढाइने प्रधानमन्त्रीको घोषणा
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले मल कारखानाको काम अघि बढाउने घोषणा गर्नुभएको छ । मंगलवारको प्रतिनिधिसभा बैठकमा विश्वासको मत माग्न प्रस्ताव पेस गर्नुहुँदै उहाँले यस्तो घोषणा गर्नुभएको हो ।
नेपालमा मल कारखाना निर्माण गर्न अहिले अध्ययन भइरहेको छ ।