वहुविवाह मुद्दाका फरार प्रतिवादी पक्राउ

माघ १५, सुर्खेत । सुर्खेत प्रहरीले वहुविवाह मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा जिल्लाको भेरीगंगा नगरपालिका–१२, निवासी ३६ वर्षीय एकराज खड्का र शसिकला खड्कालाई छिन्चु बजारबाट पक्राउ गरेको हो ।

एकराजलाई जिल्ला अदालत सुर्खेतले २०७८ साल माघ ३० गते ४ वर्ष ११ महिना २४ दिन कैदसहित पँचास हजार रुपैयाँ जरिवाना ताकेको थियो भने सोही मुद्धामा शसिकलालाई भने अदालतले ३ महिना कैदसहित ३ हजार रुपैयाँ जरिवाना तोकेको थियो ।

अदालतको फैसला पछि फरार प्रतिवादीलाई जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरी टोलिले खोजतलास गर्ने क्रममा पक्राउ गरेको हो । पक्राउ परेका दुबै जनालाई सजाय भुक्तानका लागि कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी (डीएसपी) सुरज कार्कीले जानकारी दिए ।

Translate »