जलवायु परिवर्तनको असर

जलवायु परिवर्तनको प्रभावले मानव जीवनका पर्यावरणलगायत सामाजिक, आर्थिक, शारीरिकलगायत अधिकांश क्षेत्रमा असरहरु देखा पर्न थालेका छ । नेपाली अर्थतन्त्रका कृषि, पूर्वाधार संरचना तथा श्रम उत्पादकत्व क्षेत्रमा यो अलि बढी प्रभाव देखिन थालेको छ । अर्थतन्त्रका प्रमुख क्षेत्र कृषि, पूर्वाधार संरचना र श्रम उत्पादकत्व अर्थतन्त्रका मूलभूत विषय हुन् । यी महत्वपूर्ण क्षेत्र प्रभावित हुनुको अर्थ मुलुकको अर्थतन्त्र नराम्ररी प्रभावित हुने दिशातिर अग्रसर छ । जलवायु परिवर्तनका कारण मौसममा आएको परिवर्तनस्वरुप बढ्दो तापमान, अनावृष्टि, अतिवृष्टि, बाढी पहिरो, नदी कटान, कृषि बालीको भौतिक क्षति आदिका कारण कृषि उत्पादनका क्षेत्रमा निकै नकारात्मक प्रभाव परिरहेको छ । जलवायु परिवर्तनको उपजले तापमान बढ्दा बाढीपहिरो, अनियमित वर्षा आदिका कारण सडक, पुल, सिँचाइ, आवास खानेपानीजस्ता भौतिक पूर्वाधारका संरचना निकै प्रभावित हुने देखिन्छ । विभिन्न रोगको आक्रमण, बसाइँसराइ आदिका प्रभावस्वरुप जनस्वास्थ्यमा पर्ने असरले गर्दा श्रम उत्पादकत्वका क्षेत्रमा पनि प्रतिकूल प्रभाव परेको पाइन्छ ।

तापक्रममा अनुमानित वृद्धि, वर्षाको ढाँचामा परिवर्तन, चरम मौसमी घटनामा परिवर्तन र पानीको उपलब्धतामा कमीले कृषि उत्पादकत्वमा कमी आइरहेको छ । आपूर्तिमा अल्पकालीन परिवर्तनशीलताका कारण सम्पूर्ण खाद्य प्रणालीको स्थिरता जलवायु परिवर्तनअन्तर्गत जोखिममा पर्न सक्छ । कृषि उपभोग्य वस्तु मात्र नभई आम्दानीको स्रोत पनि हो । यथोचितरुपमा कम लागतमा व्यापार सम्भव भएको संसारमा, खाद्य सुरक्षाका लागि महत्वपूर्ण मुद्दा खाद्य उपलब्ध छ कि छैन भन्ने हो । तर जनसंख्याको अधिकारमा मौद्रिक र गैरमौद्रिक स्रोत सबैलाई पर्याप्त मात्रामा पहुँच गर्न अनुमति दिन पर्याप्त छन् कि छैनन् भन्ने हो । खाना, यसको एउटा महत्वपूर्ण परिणाम भनेको व्यक्तिगत स्तरमा खाद्य सुरक्षा सुनिश्चित गर्न राष्ट्रिय आत्मनिर्भरता पर्याप्त छैन । जलवायु परिवर्तनले कृषि र खाद्य उत्पादनलाई जटिल तरिकाले असर पु¥याई रहेको छ ।खाद्य सुरक्षाका सर्तहरु परिवर्तन गरेर र भेक्टर, पानी र खाद्यजन्य रोगहरुबाट हुने रोगको दबाबलाई परिवर्तन गरेर प्रभावकारीरुपमा खाद्यान्न प्रयोग गर्ने व्यक्तिहरुको क्षमतालाई पनि असर गर्छ । जलवायु परिवर्तन र खाद्य सुरक्षाको बारेमा मुख्य चिन्ता यो हो कि मौसम परिवर्तनले एक दुष्चक्र सर्कल सुरु गर्न सक्छ जहाँ संक्रामक रोगले भोकमरी निम्त्याउँछ वा यौगिकहरु बनाउँछ, जसले फलस्वरुप, प्रभावित जनसंख्यालाई संक्रामक रोगका लागि बढी संवेदनशील बनाउँछ । यसको परिणाम श्रम उत्पादकतामा उल्लेखनीय गिरावट र गरिबी र मृत्युदरमा वृद्धि हुन सक्छ ।
अनिवार्य रुपमा जलवायु परिवर्तनका सबै अभिव्यक्तिहरु, तिनीहरु खडेरी, उच्च तापक्रम वा भारी वर्षाले रोगको दबाबमा प्रभाव पार्छ र यी परिवर्तनले खाद्य सुरक्षालाई असर गर्छ भन्ने बढ्दो प्रमाणहरु छन् । त्यसकारण विश्व बैङ्कको प्रतिवेदनले औंल्याएको महत्वपूर्ण विषय नेपालमा जलविद्युतको पर्याप्त सम्भावना छ । यो अति महत्वपूर्ण छ । बैङ्कले जलविद्युत् उत्पादनलाई बढावा दिएर त्यसको खपत सकेसम्म स्वदेशमै गरेर नेपाली अर्थतन्त्रलाई बहुआयामिक सुुधार गर्न सहायकसिद्ध हुने तथ्य औंल्याएको छ । स्वदेशभित्रै विद्युतीय ऊर्जाको प्रयोगले लगानी, उत्पादन, आय र रोजगारीमा सकारात्मक प्रभाव पर्नेछ । नेपाली अर्थतन्त्रलाई बढी भएको जलविद्युतलाई छिमेकी राष्ट्र भारत, बङ्गलादेश, भुटान, नेपाल ( बीबीआईएन ) सञ्जालको व्यापार मेरुदण्डका रुपमा औंल्याउनु पनि हाम्रा लागि सुखद विषय हो । यो विषयलाई कार्यान्वयन गर्नेतर्फ सरकारी निकायले उपयुक्त रणनीति तथा गृहकार्य सुरु गरिहाल्नु मुलुकको अर्थतन्त्रका लागि लाभदायक हुनसक्छ । जलवायु परिवर्तनको विषयलाई आर्थिकलगायत मानव जीवनका सबै पक्षसँग लेखाजोखा गरिँदा जलवायु परिवर्तनका कारक विषयहरुको नियन्त्रणमा नै ध्यान दिनु श्रेयष्कर हुन्छ । यस्तो विषम परिस्थितिलाई एकजुट भएर समाधान गर्नु पनि बहुत जरुरी भईसक्यो । जलवायु परिवर्तनको असर कम गर्न अब अरु ढिलाई गर्नु हुँदैन् ।