२०८३ असोज ४ , आइतबार
Sky News Nepal
September 20, 2026

सुर्खेतमा करिब दुई लाख नगदसहित ७ जुवाडे पक्राउ



सुर्खेत । सुर्खेत प्रहरीले करिब दुई लाख रुपैयाँसहित सात जना जुवाडे पक्राउ गरेको छ ।

प्रहरीले आइतबार वीरेन्द्रनगर–११ पिपिराबाट १८ बुक तास, एक लाख ९७ हजार २ सय २० नगदसहित पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालयका अनुसार कर्णाली प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालयको टोलीले जुवातास खेलेको सूचनाका आधारमा उनीहरुलाई जुवाको खालबाटै पक्राउ गरिएको हो ।

पक्राउ परेका सातै जनालाई जुवा ऐनअनुसार कारबाही गरिने जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी (डीएएसपी) कविन्द्रसिंह बोहराले जानकारी दिए ।

प्रकाशित मिति : २०८३ असोज ४ गते आइतबार
Translate »