२०८३ असोज ३ , शनिबार
Sky News Nepal
September 19, 2026

खुला प्रतिस्पर्धाबाट डिन नियुक्त गर्दै सुदूरपश्चिम विश्वविद्यालय



महेन्द्रनगर । सुदूरपश्चिम विश्वविद्यालयले नौ संकायका डिन नियुक्तका लागि खुला प्रतिस्पर्धामा सहभागिताका लागि आवेदन खुला गरेको छ ।

कञ्चनपुरको महेन्द्रनगरस्थित सुदूरपश्चिम विश्वविद्यालय केन्द्रीय कार्यालयअन्तर्गत पदाधिकारी सिफारिस समितिले सूचना जारी गर्दै १० दिनभित्र नौ संकायका लागि डिन, केन्द्रीय क्याम्पसका लागि प्रिन्सिपल तथा भाषा, साहित्य तथा संस्कृति केन्द्र र अन्तर्राष्ट्रिय सम्बन्ध केन्द्रका लागि निर्देशक पदका लागि आवेदन खुला गरेको हो ।

विश्वविद्यालयले मानविकी तथा सामाजिक शास्त्र संकाय, शिक्षाशास्त्र संकाय, व्यवस्थापन, विज्ञान तथा प्रविधि, इञ्जिनियरिङ, कृषि विज्ञान, कानुन, स्वास्थ्य विज्ञान र प्राकृतिक स्रोत व्यवस्थापन संकायको डिनका लागि आवेदन खुला गरेको सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति किशनदत्त भट्टले बताए । उनले कार्यविधिका उल्लेखित आवश्यक कागजातसहित योग्य र इच्छुक उम्मेदवारबाट आवेदन माग गरिएको जानकारी दिए । रासस

प्रकाशित मिति : २०८३ असोज २ गते शुक्रबार
Translate »