२०८३ असोज ४ , आइतबार
Sky News Nepal
September 20, 2026

राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ



काठमाडौं । राजनीति विश्लेषक तथा लेखक भरत दाहाल पक्राउ परेका छन् ।

साइबर अपराधको आरोपमा जिल्ला प्रहरी कार्यालय मोरङको टोलीले उनलाई आइतबार बिहान बेलबारीबाट पक्राउ गरेको हो । नेपाल प्रहरीको साइबर ब्युरो काठमाडौंबाट पक्राउ पुर्जी जारी भई सोही पत्रका आधारमा दाहाललाई नियन्त्रणमा लिइएको मोरङका प्रहरी प्रमुख (एसपी) कबित कटुवालले जानकारी दिए ।

सामाजिक सञ्जालमार्फत विद्युतीय (साइबर) अपराध र भ्रामक सूचना फैलाएको कसुरमा अनुसन्धानका लागि उनको नाममा पुर्जी जारी भएको प्रहरीको भनाइ छ। राजनीतिक छलफलका लागि असोज २ गते मोरङ पुगेका दाहाल सुन्दरहरैचा–८, सलकपुरस्थित चिया पसलबाट पक्राउ परेका हुन् । उनलाई जहाजबाट काठमाडौं पठाउनका लागि अहिले विराटनगर लगिएको छ ।

पक्राउ परेका दाहाललाई आइतबार नै थप अनुसन्धान तथा कानुनी प्रक्रियाका लागि काठमाडौंस्थित साइबर ब्युरोमा पठाउने तयारी भइरहेको मोरङ प्रहरीले जनाएको छ । ​सत्ता र शासन व्यवस्थाका त्रुटीहरु विरुद्ध निरन्तर र सशक्त रुपमा प्रतिपक्षि भूमिका निर्वाह गर्दै आएका दाहाल माथिको धरपकड हालको कथित लोकतान्त्रिक गणतन्त्रको वास्तविक चरित्र उजागर गर्ने घटना भएको त्रिमुल नेपालले जनाएको छ ।

दाहाल त्रिमुल नेपालका अध्यक्ष हुन् । घटनाबारे थप विवरण आउन बाँकी छ।  -यो समाचार विभिन्न अनलाईन पार्टलहरुको सहयोगमा तयार पारिएको हो । 

प्रकाशित मिति : २०८३ असोज ४ गते आइतबार
Translate »