टीकापुर घटनामा सम्लग्न : चार जना आज रिहा हुँदै

टिकापुर । टिकापुरमा २०७२ भदौ ७ गते  घटनामा संलग्न भएको आरोपमा कैलाली जिल्ला कारागारमा रहेका तीन सहित चारजना आज रिहा हुँदैछन् ।

राष्ट्रपति रामचन्द्र पौडेलबाट संविधान दिवसको अवसरमा फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन)  ऐन २०७४ अनुसार बाँकी कैद माफी गरिएपछि कैलाली कारागारमा रहेका टीकापुर घटना ३ जना र पोखरा सुधार गृहमा रहेका नाबालक एक जना आज जेल मुक्त हुँदैछन।

कैलाली कारागारका प्रमुख पदमराज तिमिल्सिनाका अनुसार टीकापुर नगरपालिका–४ ठाह्रापुरका वीरबहादुर चौधरी, जानकी गाउँपालिका–७ मोतीपुरका हरिनारायण चौधरी र जानकी–७ लट्कनियाका प्रदीप चौधरी रिहा हुन लागेका हुन् ।

उनले कारागारमा रहेका उनीहरू ३ जनासंगै कारागारमा रहेका  ९ जना रिहा हुन लागेको बताए । यसअघि सो मुद्दामा ३ तहको अदालतबाट दोषी ठहर भएका रेशमलाल चौधरी गणतन्त्र दिवसको अवसरमा गत जेठ १५ गते रिहा भइसकेका छन् ।

Translate »