जुम्ला विमानस्थल विस्तारको लागि बजेट विनियोजन

जुम्ला । जुम्ला विमानस्थल विस्तार हुने भएको छ । सरकारले बजेट छुट्याएपछि जुम्ला विमानस्थल विस्तार हुने भएको हो । विमानस्थल विस्तारका लागि बजेट विनियोजन भएकाले अर्थ मन्त्रालयले नागरिक उड्डयन कायर्यालय जुम्लालाई आवश्यक समन्वयका लागि निदर्देशन दिएसँगै विमानस्थल विस्तारको बाटो खुलेको हो ।
मन्त्रालयले विमानस्थल विस्तारका लागि चार करोड बजेट विनियोजन गरेको छ ।

गत आार्थिक वर्षमा विमानस्थल विस्तारका लागि एक करोड बजेट विनियोजन गरिएको थियो । यो बजेट खर्च नभएर फ्रिज भयो । लामो समयदेखि विमानस्थल विस्तारको बहस चलेपनि काम हुन सकेको थिएन ।

तर,चालु आव २०८०र८१ मा अर्थ मन्त्रालयले ४ करोड ४२ लाख ४७ हजार ७८७ रुपैया विनियोजन गरेसँगै विमानस्थल विस्तारमा आशा जागेको छ । हाल २०५१ सालमा निर्मित पुरानो टर्मिनल भवनमै विमानस्थल चलेको छ ।

जुम्ला विमानस्थल हाल ६७० मिटर लम्बाई,२० मिटर चौडाई सम्म छ । नेपाल नागरिक उड्यन प्राधिकरणले आइतबार अर्थ मन्त्रालय मार्फत विमानस्थल विस्तारका लागि बजेट विनियोजन भइसकेकोले आवश्यक समन्वय गर्न नागरिक उड्यन कार्यालय जुम्लालाई निर्देशन दिएको छ ।
हाल विनियोजिच ४ करोड ४२ लाख बजेट बाट धावन मार्ग विस्तार,जहाज पार्किङ गर्ने ठाउँ (अप्रोन) निर्माण गरिने जुम्ला विमानस्थलका प्रमुख सन्तोष अधिकारीले बताए ।
उनका अनुसार अप्रोनदेखि जहाज सम्म जाने बाटो (टयाक्सी वय) लगायतका संरचना निर्माण हुनेछ । तत्काल जग्गा अधिग्रहणका लागि बजेट विनियोजन नभएपनि चाडै केहि रकम विनियोजन हुने आशामा रहेको उहाले बताए ।

प्रतिनिधि सभा सदस्य मानवीय छिरिङ ल्यामु लामा तामाङले लामो प्रतिक्षापछि जुम्ला विमानस्थल विस्तारको बाटो खुलेको बताए। सबै सरोकारवालाको संयुक्त प्रयासमा चालु आवमा कार्यान्वयन हुने गरी ४ करोड ४२ लाख बजेट विनियोजित गराउन सफल भएको उनले बताए ।
आफुले सांसद पदको सपथ खाए संगै विमानस्थल विस्तारका लागि बजेट जुटाउन पहल गर्दै आएको उहाको दाबी छ ।

सांसद लामाले भने, ‘विकास ढिलो चाडो हुन्छ । निरन्तर पहल गरे सम्भव छ । लामो प्रयासपछि जुम्ला एयरपोर्टमा गत वर्षभन्दा ३ करोड बढी बजेट आयो । यो अपेक्षाकृत होईन् । अब जग्गा अधिग्रहणको लागि बजेट व्यवस्थापनमा जुट्ने छु ।’ यता सांसद कान्तिका सेजुवालले पनि आफु विमानस्थल विस्तारको लागि बजेट जुटाउन लामो समयदेखि लागिरहेको बताए । (एनटिभि)

Translate »